PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पले बलिउड फिल्म ‘शुभ मंगल ज्यादा सावधान’को गरे तारिफ



पहिलोपोस्ट

अमेरिकी राष्ट्रपति ट्रम्पले बलिउड फिल्म ‘शुभ मंगल ज्यादा सावधान’को गरे तारिफ

मुम्बई : गत शुक्रवारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘शुभ मंगल ज्यादा सावधान’लाई दर्शक तथा समीक्षकको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। यस फिल्ममा आयुष्मान खुरानाको मुख्य भूमिका छ। फिल्ममा उनी समलिङ्गीको भूमिकामा प्रस्तुत भएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर मार्फत यस फिल्मलाई उत्कष्ट रहेको प्रतिक्रिया दिएका छन्। ट्रम्पले एलजिबिटिआई अभियान्ता पिटर ताचेलको ट्विटमा प्रतिक्रिया दिँदै ‘ग्रेट’ लेखेका छन्।

पिटरले लेखेका छन्, ‘समलिङ्गीको रोमान्स प्रस्तुत गरेको यस फिल्मले दर्शकको मन जित्ने आशा गरिएको छ।’

 

त्यस्तै आयुष्मानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया देखेर निकै खुसी लागेको बताएका छन्।

उनले भनेका छन्, ‘म आशा गर्छु कि राष्ट्रपति ट्रम्पले अमेरिकामा समलिङ्गी समुदायको हक र अधिकारको लागि धेरै काम गर्नु हुनेछ।’

हरेक फिल्ममा फरकफरक भूमिका गर्न रुचाउने आयुष्मान यस फिल्ममा भने समलिङ्गीको भूमिकामा देखिएका हुन्। ‘शुभ मंगल ज्यादा सावधान’लाई हितेश केवाल्याले निर्देशन गरेका हुन्।

फिल्ममा आयुष्मानसँगै जितेन्द्र कुमार गजराज राव, निना गुप्ता लगायतले अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell