PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सिप्यान क्रिकेट अवार्ड चैतमा, सर्वोत्कृष्ट खेलाडीले १ लाख ३२ हजार पाउने



पहिलोपोस्ट

सिप्यान क्रिकेट अवार्ड चैतमा, सर्वोत्कृष्ट खेलाडीले १ लाख ३२ हजार पाउने

काठमाडौं : नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले सिप्यान क्रिकेट अवार्डको आयोजना चैत २१ गते गर्ने भएको छ।

नेपाली क्रिकेट खेलाडीहरुको प्रदर्शन र खेल कौशललाई मुल्याङ्कन गरी पुरस्कृत गर्दै लैजाने लक्ष्यका साथ गएको वर्षदेखि क्रिकेट अवार्ड दिन थालेको थियो। सिप्यानका अनुसार यसपटक विभिन्न पाँच विधामा पुरस्कार वितरण गर्ने तयारी गरिएको छ।

वर्ष क्रिकेट खेलाडी (पुरुष), वर्ष क्रिकेट खेलाडी (महिला), वर्ष उदयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण, लाइफटाइम अचिभमेन्ट अवार्ड गरी पाँच विधामा पुरस्कार दिइने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले जानकारी दिए।

वर्ष क्रिकेट खेलाडी (पुरुष) २०१९/२० (१ लाख ३२ हजार रुपैयाँ)

वर्ष क्रिकेट खेलाडी (महिला) २०१९/२० (१ लाख ३२ हजार रुपैयाँ)

वर्ष उदयिमान क्रिकेट खेलाडी २०१९/२० (६६ हजार रुपैयाँ)

वर्ष उत्कृष्ट क्षण २०१९/२० (६६ हजार रुपैयाँ)

लाइफटाइम अचिवमेन्ट अवार्ड २०१९/२० (६६ हजार रुपैयाँ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell