PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

पूर्वमन्त्री बाँस्कोटाको 'घुस बार्गेनिङ' प्रकरणः प्रधानमन्त्रीसहित चारजना विरुद्ध अख्तियारमा उजुरी



पहिलोपोस्ट

पूर्वमन्त्री बाँस्कोटाको 'घुस बार्गेनिङ' प्रकरणः प्रधानमन्त्रीसहित चारजना विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

आइतवार प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा, सरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक प्रमुख विकल पौडेल र सुचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरुङ विरुद्ध उजुरी परेको हो। बाँकेका प्रेमकुमार शाही र मकवानपुरका आनन्दराम पौडेलले उजुरी दिएका हुन्। उनीहरुले सेक्युरिटि प्रिन्टिङ खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार लगायतमा भष्ट्रचार भएको भन्दै कारबाहिको माग गर्दै उजुरी दिएका हुन्।

गत बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रेसको कमिसन प्रकरणमा ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनि भएपछि बाँस्कोटाले राजिनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell