PahiloPost

Jan 2, 2026 | १८ पुष २०८२

‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनको सुखद सुरुवात



पहिलोपोस्ट

‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनको सुखद सुरुवात

काठमाडौं : शहीद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लबले सुखद सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आजबाट शुरु भएको लिगमा ब्वाइज युनियनले श्री कुमारी क्लबलाई हराउँदै लिगमा सुखद सुरुवात गरेको हो।

आज भएको खेलमा ब्वाइज युनियनको जितमा वर्तमान राई र प्रदीप बोगटीले १/१ गोल गरे। खेलको ३९ औं मिनेटमा वर्तमान राईले गोल गर्दा पहिलो हाफमा युनियन १ गोलले अगाडि रह्यो। दोस्रो हाफमा फेरी युनियनका लागि प्रदीपले गोल थपे। उनले खेलको ७६ औं मिनेटमा गोल गरेसँगै युनियनले २-० को सहज जित निकाल्दै लिगमा सुखद सुरुवात गर्‍यो।

आजबाट शुरु भएको ‘बी’ डिभिजन लिगमा १२ टिमले सहभागिता जनाउने छन्। सहभागी टिमहरुमा बोइज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँबस्ती युवा क्लब, झम्सीखेल युथ क्लब, आरसिटी, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्ट्स् क्लब, बाँसबारी युथ क्लब र श्री कुमारी क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell