काठमाडौं : झापाको झिलझिलेमा सम्पन्न सताक्षी गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ। ‘ए’ डिभिजन च्याम्पियनसमेत रहेको मछिन्द्र क्लबले आज फाइनलमा थ्री स्टार क्लबलाई हराउँदै उपाधि जितेको हो। मछिन्द्रले थ्री स्टारलाई हराउँदा विमल घर्तीमगरको गोल निर्णायक बन्यो।
खेलको दोस्रो मिनेटमा मछिन्द्रका एडिलेजा सोमिडेलाई थ्री स्टारका खेलाडीले ‘फल’ गरेपछि मछिन्द्रले पेनाल्टीमा पाएको अवसर सदुपयोग गरेको थियो। मछिन्द्रका लागि विमल घर्तीमगरले पेनाल्टीमा गरेको गोल जितका लागि निर्णायक बन्यो।
थ्री स्टारले सताक्षी स्पोटिङ क्लबलाई हराएर फाइनलमा पुगेको थियो। त्यस्तै ‘ए’ डिभिजनको च्याम्पियनसमेत रहेको मछिन्द्रले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।
उपाधि विजेता मछिन्द्र क्लबले ६ लाख पाएको छ भने उपविजेताले थ्री स्टार ३ लाख पाएको छ।