PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरीको बर्दीमा टिकटक बनाउँदा सई कारवाहीमा, उनको ठाउँमा खटाइयो नयाँ इन्चार्ज



पहिलोपोस्ट

प्रहरीको बर्दीमा टिकटक बनाउँदा सई कारवाहीमा, उनको ठाउँमा खटाइयो नयाँ इन्चार्ज

काठमाडौः प्रहरीको बर्दीमा टिकटक बनाएको अभियोगमा प्रहरीले एक प्रहरीलाई कारवाही गरेको छ।

भक्तपुरस्थित सुँडाल प्रहरी प्रभागका इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) रत्नबहादुर थापालाई कारवाही गरिएको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आइतवार दिउँसो सई थापालाई बोलाएर स्पष्टिकरण समेत मागेको छ।

'बर्दीमा टिकटक लगायत अन्य संगठनको नियम विपरित काम गर्न पाइदैन। त्यसैले कारवाहीको लागि तानिसकेको छु', महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

सई थापाले दिलु मगर ९१ नामको टिकटक ह्यान्डलमा बर्दीमा एक महिलासँग टिकटक बनाएको देखिन्छ। त्यस्तै त्यही  ह्यान्डल तिनै महिलाले प्रहरीको पोशाकमा पेस्तोल बोकेर टिकटक बनाएकी छिन्। ती टिकटकहरु प्रहरी कार्यालय भित्रै खिचिएको देखिन्छ। भिडियोमा देखिएकी महिला सई थापाको श्रीमती भएको खुलेको छ। हाल उक्त टिकटक मगरको ह्यान्डलबाट हटाइएको छ। मगरले 'हाम्लाई पनि मायाले हेर पार्वती' बोलको नेपाली गीतमा टिकटक बनाएका थिए।

'श्रीमती भएपनि राष्ट्रले दिएको बर्दी अरुलाई दिए उ जिम्मेवारी हुने हो। उसलाई कारवाही हुन्छ', डिआइजी पोखरेलले भने।

सई थापाको ठाउँमा अर्का सई राजु प्रसाईलाई पठाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell