PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

साधुको बिदाइमा दक्षिणा र रुद्राक्ष माला



रासस

साधुको बिदाइमा दक्षिणा र रुद्राक्ष माला

काठमाडौं : शिवरात्रीका लागि पशुपति आएका साधुसन्तको बिदाइ शुरु भएको छ। गुठी संस्थानले फागुन कृष्ण एकादशीदेखि औँसीसम्मका लागि धुनीलाई आवश्यक दाउरा र खानाको व्यवस्था गरी बिदाइ गर्न लागेको हो।

साधुलाई श्रीमहन्त, महन्त, लालमोरिया नागाबाबा, सामान्य जोगीलगायत वर्गमा वर्गीकरण गरी ९५१ देखि १५१ रुपैयाँसम्म दक्षिणा दिइ बिदा गर्ने पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिइन्।

सोमबारसम्ममा देश विदेशका सम्पूर्ण साधुसन्तलाई दक्षिणा दिइसक्ने उनले बताइन्।

यसवर्ष पशुपतिमा करिव चार हजार साधुसन्त आएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए। उनले गुठी संस्थानले दिएको बाहेक कोषका तर्फबाट पनि थप दक्षिणाको व्यवस्था रहेको बताए। संस्थानले दिने गरेको दक्षिणा कम भएको गुनासोपछि कोष स्थापनापछि दक्षिणा रकम थप गरिएको हो ।

कोषले संस्थानले गरेको वर्गिकरणको आधारमा एक हजार एकदेखि पाँच हजार एक रुपैयाँसम्म दक्षिणा दिनेछ। कोषले रुद्राक्ष मालासहित बिदाइ गर्नेछ।

२०६४ साल अघिसम्म कालमोचनघाटबाट दक्षिणा दिइ साधुसन्तको बिदाइ हुन्थ्यो। त्यसयता कोही नदोहोरिउन् भन्ने उद्देश्यले पशुपति परिसरबाटै बिदाइ गर्न थालिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell