PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ



रासस

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ

काठमाडौं : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्तलाई २१ वर्षपछि पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरीका गोविन्द लामालाई आज पक्राउ गरेको हो।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विसं २०५५ मा जिल्ला अदालत काठमाडौंले चार महिना २८ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिबाना तोकिएका लामालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका लामासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell