PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

भारतमा युवतीलाई 'बलि' दिन लैजाने गिरोह अदालतको आदेशपछि थुनामा



पहिलोपोस्ट

भारतमा युवतीलाई 'बलि' दिन लैजाने गिरोह अदालतको आदेशपछि थुनामा
फाइल फोटो

काठमाडौं : नेपाली मोडललाई विभिन्न प्रलोभनमा पारेर 'बलि' दिनका लागि भारत लैजाँदै गर्दा पक्राउ परेका ६ जनालाई अदालतले पूर्पक्षकको लागि थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले पक्राउ परेका सात जना मध्ये ६ जनालाई थुनामा पठाएको हो। दुई सातादेखि उनीहरु केन्द्रीय कारागार सुन्धारामा रहेका छन्।

नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर, धादिङकी २६ वर्षीय प्रेममाया तामाङलाई थुनामा पठाएको हो। 

'रञ्जित चौधरी बाहेक सबैलाई थुनामा पठाइएको छ', महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

पुस ४ गते परिसरमा उजुरी परेपछि प्रहरीको टोलीले मोडल युवतीको निगरानी गर्दै विराटनगर पुगेको थियो। विराटनगर पुगेर मोडलिङको लागि बोलाएका आयोजकको गतिविधिमा शंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

प्रेममाया तामाङले मोडलिङ गर्न शुरुमा प्रस्ताव गरेकी थिइन्। उनले युवतीको ६ फिट उचाई नाप गरी त्यसको भिडियो विराटनगरमा रहेका उमेश शाहलाई पठाइन्। त्यसपछि उनलाई विराटनगर लैजाने योजना बनेको थियो। योजना अनुसार नै विराटनगर पुर्‍याएपछि युवतीलाई उद्धार गरी संलग्नलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले भारत लैजाने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell