PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा



पहिलोपोस्ट

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा
File Photo: Lim Huey Teng/Reuters

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन्। अनवर इब्राहिमले महाथिरको पार्टीले धोका दिएको आरोप लागेपछि उनले मलेसियाका राजा अब्दुल्लालाई पत्र पठाइ राजीनामा दिएका द गार्डियनले जनाएको छ। 

महाथिरको पार्टीले अनवरलाई भावी प्रधानमन्त्री बनाउने सहमति गरेको बताइएको छ। तर, महाथिरको पार्टी प्रति प्रिभूमि बर्सातु मलेसिया (पिपिबिएम) ले सत्तारुढ गठबन्धन समेत छोडेको घोषणा गरेको छ।

९४ वर्षीय प्रधानमन्त्रीको राजीनामासँगै मलेसियामा निर्वाचन हुन सक्ने अनुमान गरिएको छ। यस्तै अन्य दलसँग मिलेर नयाँ सरकार गठन हुन सक्ने समेत बताइएको छ।

राजनीतिबाट सन्यास लिएका महाथिर सन् २०१८ मा फेरि राजनीतिमा प्रवेश गरेका थिए। उनको नेतृत्वमा पकातन हरपन गठबन्धले निर्वाचनमा जित हासिल गरेको थियो।

महाथिरले पिपिबिएमका चेयरमेन पदबाट पनि राजीनामा दिएको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell