PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

इरानबाट अफगानिस्तान फर्किएका तीन व्यक्तिमा देखियो कोरोना संक्रमण, पाकिस्तानले बन्द गर्‍यो सीमा



पहिलोपोस्ट

इरानबाट अफगानिस्तान फर्किएका तीन व्यक्तिमा देखियो कोरोना संक्रमण, पाकिस्तानले बन्द गर्‍यो सीमा

दक्षिण एसियाली राष्ट्र अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। इरानबाट फर्किएका तीनजना युवामा भाइरसको संक्रमण देखिएको हो। इरानको हेरातबाट फर्किएका उनीहरुलाई हाल निगरानीमा राखिएको छ। उनीहरु बसेको कोम शहरमा कोरोना भाइरसबाट धेरै प्रभावित बनेको बताइएको छ।

इरानमा हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ भने धेरैमा यसको संक्रमण देखिएको छ।

तीनजनामा संक्रमण देखिएसँगै अफगानिस्तानले विमानस्थल र सडकमार्ग हुँदै अफगानिस्तान आउनेको स्वास्थ्य परीक्षणमा कडाइ गरेको छ। इरानमा संक्रमण फैलिएसँगै पाकिस्तानले इरानसँगको सीमा बन्द गरेको जनाइएको छ

चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना भाइरस) बाट हालसम्म २ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ। चीनमा मात्रै २ हजार ५ सय ९२ जनाको मृत्यु भइसकेको छ। यस्तै चीन बाहिर पनि जापान, दक्षिण कोरिया, इरान, फिलिपिन्समा समेत यस भाइरसबाट संक्रमितको मृत्यु भइसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell