PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रधानमन्त्री ओलीको 'वर्थ डे'ले सम्झाएको 'लेनिनको शरीर जलाउन माग गर्दै काटिएको' त्यो केक



विधुर ढकाल

प्रधानमन्त्री ओलीको 'वर्थ डे'ले सम्झाएको 'लेनिनको शरीर जलाउन माग गर्दै काटिएको' त्यो केक

काठमाडौं : एउटा तिखो चक्कु भ्लादिमिर लेनिनको छातीमा माथि चलाइयो। चक्कु छातीबाट अगाडि बढ्दै घाँटी हुँदै गलासम्म पुग्यो। सुन्दा हिंस्रक दृश्य लाग्छ, वास्तवममा यो एउटा केकको टुक्रा थियो।

यस्तो केक जसको आकृति लेनिनको जस्तै बनाइएको थियो, रुसी क्रान्तिकारी नेता लेनिन जसको मृत्यु १९२४ मा भएको थियो।

उनको संरक्षित शरीर अहिले पनि मस्को संग्राहालयमा छ। केकको कुरा गर्दा भोकाएका रुसीसमक्ष यो धेरै टिकेन, अझ जसलाई तपाईँ 'बोल्सेभिक' भन्न सक्नुहुन्छ।

५० किलोग्राम (११० पाउण्ड) तौल भएको ६ फिट लामो कम्युनिस्ट प्रतीकहरुबाट प्रेरित भइ एक भान्सेहरुको समूहले केक बनाएका थिए। यस्तो उपाय मस्कोका कलाकारहरु युरी साभेल्निकोभ र युरी पेसेन्कोले निकालेका थिए।

यो केकलाई उनीहरुले सोभियत युनियन ढलेसँगै रुसमा भएको परिवर्तनलाई प्रतिनिधित्व गर्ने बताएका थिए। जसको अर्थ रुसीहरुले लेनिनलाई खान सक्छन् भन्ने थियो। सीएनएनले हेडलाइन नै बनायो - लेट देम, इट लेनिन

१९९१ डिसेम्बर २६ मा सोभियत युनियन ढल्यो। त्यसको ७ वर्षपछि रुसमा क्रान्तिकारी नेता लेनिनको केक काटियो। रुस त्यही देश हो जहाँ अहिले पनि लेनिनको शव संग्राहलयमा राखिएको छ।

कुनै देशको संस्थापक नेताको मृत्युपछि ऊ राष्ट्रको प्रतीक बन्छ। रुसका संकेत हुन् लेनिन। अझ मृत शरीरलाई संरक्षण गरेर कसरी राख्नुपर्छ भन्ने कुरा रुसीहरुलाई सोध्दा हुन्छ। कम्युनिस्ट नेता लेनिनको मृत्युसँगै त्यहाँका बैज्ञानिकहरुले उनको शरीरलाई जोगाउनका लागि शरीरमा 'इम्व्लेमिङ फ्लुड' हालेर एउटा रबरको सुटमा राखे। रुसी सरकारले एउटा काठको कफिन बनायो र त्यसमा उनको शरीरलाई राखेर मस्कोको रेड स्क्वारमा प्रदर्शनका लागि राख्यो।

काठको यो कफिन परिवर्तन भए तर लेनिनको शरीर जस्ताको त्यस्तै छ। उनको शरीर उस्तै सुन्दर छ। यो सुन्दरताको महँगो मूल्य रुस सरकारले व्यहोर्दै आएको छ, वार्षिक दुई लाख अमेरिकी डलर बराबर।

सोभियत युनियन पतनसँगै केही समय त्यहाँका करदाताले यसको संरक्षणका लागि कर तिर। त्यसपछि केही समय निजी सहयोगबाट यसको संरक्षण गरियो। पछि मस्कोले लेनिनको शरीर जोगाउने जिम्मेवारी लियो। अहिले हरेक वर्ष उनको शरीर नुहाइन्छ। जुन २ महिनासम्म चल्छ। कफिन परिवर्तन गरिन्छ। फेरि उस्तै गरी सजाएर राखिन्छ।

लेनिन प्रतिको रुसी नागरिकहरुको श्रद्धा पनि विस्तारै परिवर्तन हुँदै गयो। सोभियत युनियनको समयमा रुसीहरु उनलाई कम्युनिस्ट सन्तका रुपमा लिने गर्थे। हरेक वर्ष उनको शरीर हेर्न लाखौँ पुग्थे।

१९९८ मा आइपुग्दा उनको शरीरको केक बन्यो। स्थानीय विद्यालयमा यसको प्रदर्शन भयो। त्यहाँको कम्युनिस्ट पार्टीले यसको छानविन हुनुपर्ने माग गर्‍यो। तर, यो माग एउटा कानबाट सुन्यो अर्को कानले उडायो भने झै भयो।

सोभियत कालमा लेनिनको शरीर संरक्षणकै लागि २ सयजना प्राविधिकहरु खटिन्थे। प्राविधिकहरुले उनको आँखीभौं परिवर्तन गरिदिन्थे। उनको मुहार, नाक मुखमा पाराफिन, गिलिसिरिन दलिदिन्थे।

आज रुसमा आवाज बदलिएको छ। लेलिनग्राद सेन्ट पिटर्सवर्गमा परिवर्तन भएका छन्। रुसीहरु लेनिनको शव जलाउनुपर्ने पक्षमा उभिएका छन्। तर, राष्ट्रपति भ्लादिमिर पुटिन यसको विपक्षमा छन्। सन् २००१ मा पुटिनले भनेका थिए, 'उनको शरीर जोगाइराख्दा रुसी जनतालाई स्मरण हुने छ कि उनीहरु सोभियत युगमा झुटा सिद्धान्तमा बाँचिरहेका थिए।'

पुटिनका विश्वासपात्र भ्लादिमिर मेडिनस्कीले समय आएको र उनको शव सेनट पिटर्सवर्गस्थित उनकी आमाको शव नजिकै गाड्नु पर्ने र यस क्षेत्रलाई संग्राहलय बनाउने प्रस्ताव गरेका थिए। २०१२ मा पुटिनले उनलाई संस्कृति मन्त्रिमा नियुक्त गरे। उनको नियुक्तिका पछाडि लेनिनको शरीर हटाउनु थियो। तर, यसमा उनी सफल भएनन्। पछि पुटिनले आफ्नो विचारलाई परिवर्तन गरे। उनले जनताले यस विषयलाई निर्णय गर्ने बताए।

'हामीले हाम्रा पवित्र अवशेषहरु किभ पेचोरा मोनास्ट्री र अन्य स्थानमा देख्न सक्छौँ। ऐतिहासिक व्यक्तित्वको शरीर प्रदर्शनमा राख्नु सामान्य हो,' उनले भन्न थालेका छन्।

 

ओलीको जन्मदिनले सम्झाएको 'लेनिन केक'

लेनिनको शरीरलाई विस्थापन गर्नका लागि भन्दै मस्कोमा लेनिन केक काटिएको २२ वर्ष पछि नेपालमा त्यही घटनालाई सम्झाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिनको अवसरमा काटिएको नेपाल केकले लेनिन केक सम्झाइदियो।

पार्टीको आचारसंहिता उल्लंघन गर्दै जन्मदिन मनाए प्रधानमन्त्री ओलीले।

ओलीले काटेको केकको तस्विरले सामाजिक सञ्जाल तताएको छ। नेपालको नक्सासहितको केक काटेको फोटा सार्वजनिक भएपछि ओलीको आलोचना सुरु भइरहेको छ। उसो त केक हेलिकोप्टरबाटै बोकेर लगिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ।

त्यसभन्दा बढी आलोचना केकको फोटो सार्वजनिक भएपछि भयो। नेपालको नक्सा अंकित केक प्रधानमन्त्रीले काटेपछि धेरैले आक्रोश, कतिपयले व्यङ्ग्य र केहीले सुझाव दिए।

प्रधानमन्त्री ओलीको 'वर्थ डे'ले सम्झाएको 'लेनिनको शरीर जलाउन माग गर्दै काटिएको' त्यो केक https://pahilopost.com/content/20200224155815.html

Posted by PahiloPost on Monday, February 24, 2020

एउटा व्यक्तिको जन्मदिनमा देशको नक्सा अंकित केक काट्नु सोभनीय पक्कै पनि छैन। देशको सिमाना मिचिएका बेला देशलाई नै काट्ने भन्दै सामाजिक सन्जालमा आलोचना भइरहेको छ।

काठमाडौंको 'विग बेक'ले तयार पारेको १५ किलोको केकलाई हेलिकोप्टर चार्टर गरेरै तेह्रथुम पुर्‍याइयो।

सरकारी निवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा मन्त्रीहरुको दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगे प्रधानमन्त्री ओली। पार्टीको आचारसंहिताले यस्ता कार्यक्रम परिवारमा सीमित गर्न भनेको छ। आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो ।

प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ।

उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा पनि जन्मोत्सव कार्यक्रममा पुगे । गाउँपालिकाले प्रधानमन्त्रीको जन्मदिनलाई भव्य बनाउन ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्लेक्स र ६९ कलशको व्यवस्था गरेको थियो । कलस बोकेर स्कुले बालबालिका प्रधानमन्त्रीको स्वागतमा उभिएका थिए । गाउँ गाउँबाट बृद्धबृद्धालाई गाडीबाट कार्यक्रममा ल्याउने व्यवस्था गरिएको थियो ।

जन्मोत्सवको भोजमा सहभागीहरूलाई खिर, तरकारीसहित ‘ननभेज’ खाना खुवाउन झापाबाट क्याटरिङ झिकाइएको थियो।

भोजमा सहभागी हुन प्रदेश १ सरकारका मन्त्रीहरु पनि पुगे। प्रधानमन्त्री ओली 'एक व्यक्ति'को जन्म दिन मनाउनका लागि केन्द्र सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकार तीनै सरकारले राज्यको कोषमा लाखौँ खर्च गरे। त्यो पनि सोभियत युनियन ढले पछि लेनिनको शरीर जलाउनुपर्ने माग गर्दै काटिएको लिनिन केकको झल्को दिने गरी 'नेपाल केक' काटेर।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell