काठमाडौं : बलात्कारको अभियोगमा एक पूर्व प्रहरी पक्राउ परेका छन्।
प्रहरी सहायक निरीक्षक(असई) राजेन्द्र राईलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो। राईले एक महिला हवल्दारलाई बलत्कार गरेको अभियोग लागेको छ। पीडित महिलाले आफूलाई गत साउनमा बलात्कार गरेको भन्दै महिला तथा बालबालिका सेल कालिमाटीमा उजुरी दिएकी थिइन्।
'हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।
महिलाले उजुरी दिएपछि असई राईले प्रहरीबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ। राई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत थिए।