PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संविधान संशोधनको कार्यदलमा बस्न नेम्वाङ र देवकोटाले गरे अस्वीकार



पहिलोपोस्ट

संविधान संशोधनको कार्यदलमा बस्न नेम्वाङ र देवकोटाले गरे अस्वीकार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्वाङ र खिमलाल देवकोटाले संविधान संशोधन कार्यदलमा बस्न अस्वीकार गरेका छन्। सोमवार बिहान माधवकुमार नेपालसँगको भेटमा नेम्वाङ र देवकोटाले संविधान संशोधन औचित्यका आधारमा हुने भएकाले व्यक्ति विशेषका लागि संविधान संशोधन नहुने कुरा नेतृत्वलाई जानकारी दिन आग्रह गरेका हुन्।

शनिवार नेकपाको बालुवाटारमा बसेको सचिवालय बैठकले माधव नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटालाई सदस्य बनाउने विषयमा छलफल गरेको थियो।

पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानका लागि संविधान संशोधनको गृहकार्य गर्न नेकपाले सो कार्यदल बनाउने निर्णय गरेको थियो। गौतमले राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न नपाउने व्यवस्था रहेकाले आफू त्यहाँ नजाने बताउँदै आएका थिए।

नेता नेपालले सोमवार बिहान नेम्वाङ र देवकोटालाई कोटेश्वरस्थित निवासमा छलफलमा बोलाएका थिए।

नेम्वाङले छलफलबारे पहिलोपोस्टसँग भने, ‘संविधान संशोधनको विषयमा कार्यदल बन्यो भनेर सञ्चार माध्यमा आयो। मैले पनि सञ्चार माध्मबाट नै सुनेँ। अहिलेसम्म संविधान संशोधनका लागि कार्यदल बनाएको भनेर कसैले जानकारी गराएको छैन। कार्यदल बनाइएको भनेर दावी पनि कसैले गरेको छैन। साच्चै भन्दा कार्यदलको बारेमा मलाई जानकारी छैन।’

स्वयं महासचिव विष्णु पौडेलले नै कुनै निर्णय नभएको अभिव्यक्ति दिएको उनले बताए। अस्तीबाट यो विषयमा प्रश्न आइरहेको उनको भनाइ थियो।

‘संविधान संशोधनको विषयमा हाम्रो पार्टी सकारात्मक छ। संविधान संशोधन लहडको आधारमा हुने कुरा त होइन। संशोधन औचित्य र आवश्यकताको आधारमा हुन्छ भनेका छौं,’ उनले भने।

उनले थपे, ‘सोमवार बिहान माधवकुमार नेपालले एकछिन बसौँ भनेर खबर गर्नुभो। कार्यदलको बारेमा होइन एकछिन बसौं भनेपछि हामी भेला भयौँ। र यही कुरा गर्यौं।’

भेटमा फोरम/राजपाले उठाएका संविधान संशोधनको कुरा पनि उठेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell