PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

काठमाडौंमा आफ्नै पत्नी र सालीलाई युवकले प्रहार गरे एसिड



पहिलोपोस्ट

काठमाडौंमा आफ्नै पत्नी र सालीलाई युवकले प्रहार गरे एसिड
प्रतीकात्मक दृष्य।

काठमाडौं : काठमाडौंको बाफलमा आफ्नै श्रीमती र उनकी बहिनीलाई एक युवकले एसिड आक्रमण गरेका छन्।

आइतबार राति ९ बजे श्रीमती र सालीमाथि एसिड आक्रमण भएको हो। गोरखा नगरपालिका ५ घर भएका २९ वर्षीय शिव रम्तेलले एसिड आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

'एसिड प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' डिएसपी बोगटीले भने।

मदिरा खाएर कोठामा पुगेका शिवले श्रीमतीसँग विवाद हुँदा ट्वाइलेट सफा गर्न राखेको एसिड प्रहार गरेका हुन्। त्यसै क्रममा १५ वर्षीया सालीले रोक्न खोज्दा उनीमाथि पनि एसिड प्रहार भएको डिएसपी बोगटीले जानकारी दिए। एसिडका कारण अनुहारमा असर भएकाले उनीहरुको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell