PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

प्रधानमन्त्रीले 'नेपाल केक' काटेकोमा भीम रावलको आपत्ति, ‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन’



पहिलोपोस्ट

प्रधानमन्त्रीले 'नेपाल केक' काटेकोमा भीम रावलको आपत्ति, ‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन’

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकदिन पछाडि जन्मदिनको शुभकामना दिएका छन्। उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत् सोमबार शुभकामना दिएका हुन्।

आइतबार प्रधानमन्त्री ओलीले ६९ औं जन्मदिन मनाए। पार्टीको आचारसंहिता उल्लंघन गर्दै मनाइएको विवादित बन्यो। झन् ओलीले काटेको केकको तस्विर सार्वजनिक भएपछि सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म तात्यो। नेपालको नक्सा अंकित केके काटेपछि प्रधानमन्त्रीलाई प्रश्न गर्ने र व्यङ्ग्य गर्ने क्रम जारी छ।

सोही कुरा रावलले ट्वीटमा समेत उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै लेखेका छन्, 'केक काट्ने नेपाली मौलिक संस्कृति होइन। देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन।'

रावलले 'समृद्धि'का लागि देशले संसारसामू हात थापिरहेको समयमा खर्चिलो जन्मोत्सव खर्चिलो बनाउनुलाई समेत गलत भनेका छन्। उनी थप लेख्छन्,'ठूलो खर्चमा जन्मदिन मनाउन पार्टीको निर्णयले पनि दिँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell