PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शुरु भयो मुसा वर्ष : राजधानीमा यस्तो देखियो ग्याल्पो ल्होसारको उल्लास

शुरु भयो मुसा वर्ष : राजधानीमा यस्तो देखियो ग्याल्पो ल्होसारको उल्लास

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शेर्पा समुदायले ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाएको छ। शेर्पा समुदायले २१४७ औँ नयाँ वर्षको सुरुवातसँगै ल्होसार मनाएको हो।

हरेक वर्ष फागुन शूक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। सोमवार बराह वर्ष पूरा भइ मुसा वर्ष शुरु भएको हो।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो। पछि यसलाई ग्याल्पो ल्होसार भन्न थालिएको संस्कृतिविद्हरु बताउँछन्।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने यस पर्व हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो। राजधानीमा पनि ल्होसारको रौनक देखियो। बौद्ध, सेतो गुम्बालगायतका गुम्बाहरुमा शेर्पा समुदायले शुभकामना तथा आशिर्वाद आदन प्रदान गरे।



ट्रेन्डिङ पोस्ट

Ncell