PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एकअर्कालाई नसहने बानीले कांग्रेस पछि पर्‍यो : डा महत



रासस

एकअर्कालाई नसहने बानीले कांग्रेस पछि पर्‍यो : डा महत
फोटो : रिपोर्टर्स क्लब नेपाल (फाइल)।

नुवाकोट : नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्टमन्त्री डा प्रकाशसरण महतले कांग्रेसले आफूले गरेका कामको प्रचार नगर्दा निर्वाचनमा पछि परेको बताएका छन्। आज बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४ औँ वार्षिकोत्सवमा नेता डा महतले कांग्रेसमा एकअर्काको अस्तित्वलाई स्वीकार नगर्ने बानीले गर्दा पार्टीले गति लिन नसकेको स्वीकार गरे।

उनले भने, ‘अहिलेको सरकारले काम नगरे पनि प्रचार गर्न सिपालु भएकाले नागरिक मख्ख परेका छन्। कांग्रेसको सरकारले धेरै राम्रा काम गरे पनि त्यसको प्रचार गर्न सकेको छैन।’

डा महतले शिक्षामा पहुँच र क्षमता विकासको लागि परम्परागत शैक्षिक गतिविधिलाई भन्दा बढी सूचना प्रविधिलाई आत्मसात गर्न सुझाव पनि दिए।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले क्याम्पसमा आएको विकासका काम, अनुदान सदुपयोग गर्न सुझाव दिँदै आएको कार्यक्रम रोक्ने, विवाद गर्नेभन्दा पनि क्याम्पसको हितको लागि काम गर्न सबैमा आग्रह गरे। कांग्रेस नुवाकोटका पूर्वसभापति ध्रुव अधिकारीले सरकारले नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न नचाहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell