PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु



रासस

कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

दैलेख : कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका-१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ।

रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए।

जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ। जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका-४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell