PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु



पहिलोपोस्ट

गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

काठमाडौं : गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। नयाँपाटीस्थित बालसुधार माध्यमिक विद्यालयको प्रांगणमा पूर्वमन्त्री अम्बिका बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडी राष्ट्रको गहना भएकाले राज्यले नै खेलाडीहरुको संरक्षण गर्नु पर्ने बताइन्।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले विद्यालयस्तरदेखि नै खेल क्षेत्रमा लगानी गर्दा भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुँदै जाने धारणा राखे। फागुन १५ सम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टस् लगायतका खेलमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नगरपालिकाभित्र रहेका ४२ वटा विद्यालयले प्रतिस्पर्धा गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell