PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

रेण्ड पाण्डाको छाला सहित चार जना पक्राउ



पहिलोपोस्ट

रेण्ड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौं : दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सुर्य बहादुर भुजेल, सुक बहादुर लामा, कमला तामाङ र युबराज सापकोटा रहेका छन्।

भुजेलले पछाडी बोकेको कालो रंगको झोलाभित्र निलो प्लाष्टिकमा बेरिएको अबस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान १ फेला पारेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाडौं पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell