PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

जागिरको प्रलोभनमा काठमाडौं डाकेर सामूहिक बलात्कार, दाजुभाइ पक्राउ



पहिलोपोस्ट

जागिरको प्रलोभनमा काठमाडौं डाकेर सामूहिक बलात्कार, दाजुभाइ पक्राउ

काठमाडौं : एक महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दाजुभाइलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बलात्कारको अभियोगमा झपा गौरिगंज गाउँपालिकाका ३४ वर्षीय विशाल संग्रौला र ३५ वर्षीय सुवास संग्रौलालाई नियन्त्रणमा लिएको हो।

पीडित महिलाको उजुरीका आधारमा पक्राउ गरेको वृत्तका प्रमुख डिएसपी उमेश लम्सालले जानकरी दिए। 'महिलाले उजुरी दिएपछि नियन्त्रणमा लिएका हौं। दाजुभाइ नै मिलेर बलात्कार गरेको महिलाले बताएकी छिन्,' डिएसपी लम्सालले भने।

इटहरी घर भएकी महिलालाई उनीहरुले काममा लगाइदिने भन्दै गएको शनिवार काठमाडौं बोलाएका थिए। त्यसपछि भक्तपुरको एक रिसोर्टमा लगेर सामुहिक बलत्कार गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुले नशालु पदार्थ खुवाएर पटकपटक बलत्कार गरेको खुल्न आएको डिएसपी लम्सालले बताए। संग्रौला दाजुभाइको ती महिलासँग फेसबुकमार्फत् केही समय अगाडि मात्र चिनजान भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell