PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

केशरमहलमा आकस्मिक रुपमा पुगे प्रधानमन्त्री ओली, पुनर्निर्माणको गरे अवलोकन

केशरमहलमा आकस्मिक रुपमा पुगे प्रधानमन्त्री ओली, पुनर्निर्माणको गरे अवलोकन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज केशर महलको आकस्मिक भ्रमण गरेका छन्। भूकम्पपछि क्षतिग्रस्त केशरमहललाई राष्ट्रिय कला केन्द्र बनाउने लक्ष्य सरकारले लिएको छ। त्यहाँको पुनर्निर्माणको अवस्था बुझ्न आज उनी पुगेका हुन्।

नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कला केन्द्र यही महलमा बनाउने तयारी सरकारको छ। यसलाई नारायणहिटी राजदरबारसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना छ।

उनले ३० मिनेट केशरमहलमा खर्चेका थिए। उनलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले त्यहाँ भइरहेको कामबारे जानकारी गराएका थिए।

ओलीले ऐतिहासिक सम्पादको संरक्षण गर्नुपर्ने भन्दै निर्देशनसमेत दिएका छन्। साथै उनी केशर पुस्तकालय पुगेर पुस्तकालयको संरक्षण र सदुपयोग हुनुपर्ने आगन्तुक पुस्तिकामा लेखेका छन्। हेर्नुस् ओलीको केशर महल अवलोकनका दृष्य:



ट्रेन्डिङ पोस्ट

Ncell