PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय



कुञ्जरमणि भट्टराई

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष गौतमलाई सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने सिटमा सिफारिसको लागि मन्त्री परिषद्लाई अनुरोध गर्ने नेकपा सचिवालय बैठकले निर्णय गरेको उनले बताए। तर, कार्यदल नै बनाएर संविधान संशोधन गरेर प्रधानमन्त्रीको लागि पनि बाटो खोल्ने विषयमा कुनै कुरा नभएको र त्यसको औचित्य नरहेको प्रवक्ता श्रेष्ठले बताए।

‘गएको सचिवालय बैठकमा कार्यदलको विषयमा सहमति जुटेपनि संविधान संशोधन कार्यदलको अहिले औचित्य छैन। यसलाई अघि नबढाउने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने।

गौतम २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाको क्षेत्र नम्बर १ बाट पराजित भएका थिए। २०७५ असोजमा वामदेव काठमाडौं ७ बाट चुनावी मैदानमा उत्रिने चर्चा चले पनि त्यसले सार्थकता पाउन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell