PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

ललिता निवास प्रकरणमा कमजोरी नगरेको बाबुरामको दावी, ‘ट्रस्टको जग्गा मोहीलाई दिएको हो’



पहिलोपोस्ट

ललिता निवास प्रकरणमा कमजोरी नगरेको बाबुरामको दावी, ‘ट्रस्टको जग्गा मोहीलाई दिएको हो’

काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सरकारले संसदमा प्रस्तुत गरेको प्रगति विवरणलाई छलफलको विषय बनाउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सरकारको दुई वर्षसम्मको काम ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात!’ जस्तो भएको बताए। उनले सरकारको काम कतिले राम्रो भनेपनि धेरैले आलोचना गरेको बताए।

ललिता निवास जग्गा प्रकरणमा आफूले कमजोरी नगरेको बताउँदै उनले सतुगंल, इचाँगुनारायण लगायतका ठाउँमा मोहीलाई वितरण गरेको तर व्यक्तिलाई जग्गा वितरण नगरेको बताए।

‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ’ भनेझैँ आफ्ना कामलाई जोडेर सरकार तर्सिएको डा भट्टराईले बताए। उनले सरकारको प्रगति विवरणमा उल्लेख भएको आफ्नो कार्यकालको सरकारले नेपाल ट्रस्टको जग्गा व्यक्तिलाई बाँडेको भन्ने कुरा झुटो भएको दावी गरे।

राजदरबारले ठाडो आदेशमा अनैतिक अधिकार प्रयोग गरेर राजाका नाममा जग्गा दर्ता गरेको उनको भनाइ छ। २०६३ सालमा नेपाल ट्रस्ट ऐन आएपछि त्यही जग्गा ट्रस्टमा आएको र आफ्नो नेतृत्वको सरकारले फिर्ता गरेको उनले दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell