PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिल्‍म बन्नु अघि गीत रेकर्ड, रेखा थापाको फिल्मका लागि स्मिता दाहालको स्वर



पहिलोपोस्ट

फिल्‍म बन्नु अघि गीत रेकर्ड, रेखा थापाको फिल्मका लागि स्मिता दाहालको स्वर

अभिनेत्री रेखा थापाको नयाँ फिल्मका लागि गीत रेकर्ड भएको छ। गीतमा स्मिता दाहाल र प्रताप दासले स्वर दिएका छन्। उक्त गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ। त्यस्तै एरेञ्ज उदयराज पौडेलले गरेका हुन्।

फिल्मका लागि गीत तयार भएपनि फिल्म छायांकनका लागि समेत फ्लोरमा उत्रिएको छैन।

गायिका स्मिताको 'मायालु तिमी कता छौं' र 'कल्लाई था छैन' बोलका गीतहरुले चर्चा पाए। 'मायालु तिमी कता छौ?' बोलको गीत सुनेरै रेखा थापा तथा गीतकार बसन्त सापकोटाले स्मितालाई आगामी प्रोजेक्टमा आवद्ध गराएको बताइएको छ।

सविर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा रेखा थापा, सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहनेछ। वैशाखबाट छायांकन सुरु हुने फिल्म तिहारमा सार्वजनिक हुनेछ। तर, फिल्मको नाम भने तय भइसकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell