PahiloPost

Jan 2, 2026 | १८ पुष २०८२

बंगलादेशबाट सँगै आएका साथीको हत्या गर्ने मियाँलाई अदालतले पठायो थुनामा



पहिलोपोस्ट

बंगलादेशबाट सँगै आएका साथीको हत्या गर्ने मियाँलाई अदालतले पठायो थुनामा

काठमाडौं : हत्या अभियोगमा पक्राउ परेका बंगलादेशका नागरिक दुला मियाँ पूर्पक्षको लागि जेल चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले आइतवार मियाँलाई थुनामा पठाउन आदेश दिएको हो। गत माघ ७ गते बंगलादेशका नागरिक मोहद्धिन अहमदको हत्या गरी फरार रहेका दुला मियाँलाई प्रहरीले माघ १६ गते सार्वजनिक गरेको थियो। मियाँ अहिले केन्द्रीय कारागार सुन्धारामा रहेको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी रुगम कुँवरले बताए।

माघ ६ गते मोहद्धिन अहमद र मियाँ हिमालयन एयरलाइन्सको विमानमार्फत बंगलादेशबाट काठमाडौं आएका थिए। सोल्टीमोडमा रहेको होटेल ग्रान्ड भिल्लाको कोठा नम्बर ११४ बुक गरेर बसेका थिए। माघ ७ गते पैसाको विषयमा विवाद भएपछि मियाँले अहमदको हत्या गरि फरार भएका थिए।

मियाँसँग अहमदले लेवनान पठाइदिने भन्दै ३ लाख टाका लिएका थिए। लेवनान नपठाएको र पैसा पनि फिर्ता  नगरेका कारण मियाँले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। फरार रहेका मियाँलाई प्रहरीले लहानबाट पक्राउ गरेको जानकारी दिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell