PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

अनुभव सिंहालाई उदार बलिउडको सेन्सर बोर्ड, 'थप्पड'माथि चलाएन कैंची



पहिलोपोस्ट

अनुभव सिंहालाई उदार बलिउडको सेन्सर बोर्ड, 'थप्पड'माथि चलाएन कैंची

सेन्ट्रल बोर्डल अफ फिल्म सर्टिफिकेसन फिल्म 'थप्पड'प्रति उदार देखिएको छ। घरेलु हिंसाको मुद्धा उठाएको फिल्मको कुनै दृश्य तथा संवाद नकाटी सेन्सर पास भयो। थप्पडलाई बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। हरेक उमेर समूहका दर्शकले उक्त फिल्म हेर्न पाउँने छन्।

ताप्सी पन्नुले मिडिया सामु खुशी व्यक्त गर्दै भनिन्,'म सेन्सर बोर्ड प्रति निकै आभारी छु। अनुभव सर र म दुवैजना युवा वर्गले सामाजिक मुद्धा उठान गरिएको फिल्म हेर्नुपर्छ भन्ने चाहन्छौं। त्यसको लागी बोर्डले केही सहज बनाइ दिएको छ। यस्ता फिल्मले युवालाई विचार निर्माण र व्यक्तित्व विकासमा सहयोग पुर्‍याउँछ।'

निर्देशक अनुभव सिंहाले पनि सेन्सर बोर्डप्रति कृतज्ञता व्यक्त गरे। यसअघि उनको फिल्म 'आर्टिकल १५' लाई पनि बोर्डले बाह्र वर्ष मूनिका दर्शकले अभिभावकको निगरानीमा हेर्न मिल्ने गरी पास गरेको थियो। त्यस्तै 'मुलुक'का पनि सीमित दृश्य मात्र काँटिएको थियो। उनले भने,'मलाई त लागेको थियो थप्पडको विषयलाई लिएर केही समस्या हुनेछ। तर त्यस्तो भएन। मैले बोर्डलाई धन्‍यवाद पत्र पठाएको छु।'

उनले पनि भारतीय समाजमा व्याप्त घरेलु हिंसा एवं अनेक सामाजिक समस्याको समाधानका लागि यस्ता विषय उठान गरिएको फिल्म हेर्नुपर्ने बताए।

'थप्पड' शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell