PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

अमिताभ बच्चन भन्छन्, 'चश्माले मेरो उमेर लुकाउँछ'



पहिलोपोस्ट

अमिताभ बच्चन भन्छन्, 'चश्माले मेरो उमेर लुकाउँछ'

बलिउड महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय छन्। उनी बेला बखतमा सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुसँग अन्तरक्रिया गर्ने गर्दछन्।

हालै उनी आफ्नो इन्स्टाग्राम पोस्टका कारण चर्चामा छन्। उनले इन्स्टाग्राम अकाउन्टमा चश्मा लगाएको तस्विर शेयर गर्दै क्याप्सनमा

'चश्माको फेसन कसले बनायो' भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्, 'यो चश्माको फेसन कसले बनायो? तर जसले बनायो सही बनायो। किनभने चश्माको पछाडि मेरो उमेर लुक्छ र आँखा अगाडि भएको गडबडीलाई पनि चश्माले छेक्छ।'

त्यसो त अमिताभको उक्त पोस्टमा उनका फ्यानहरुले रमाइला कमेन्ट गरेका छन्। एक फ्यानले लेखेका छन्, 'कोही कसरी यति धेरै सुन्दर हुन सक्छ।' अर्का फ्यान लेख्छन् 'सर तपाई सदाबहार हुनुहुन्छ।' त्यस्तै अर्का फ्यानले उनलाई 'बिन्दास बच्चन' भन्दै कमेन्टमा लेखेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell