PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

ईश्वर हमाल युएनडीओएफको प्रमुखमा नियुक्त



पहिलोपोस्ट

ईश्वर हमाल युएनडीओएफको प्रमुखमा नियुक्त

काठमाडौं : नेपाली सेनाका मेजर जनरल ईश्वर हमाल राष्ट्रसंघीय शान्ति सेनाको डिसइन्गेजमेन्ट अव्जर्भर फोर्स (युएनडीओएफ)को प्रमुखमा नियुक्त भएका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हमाललाई युएनडीओएफमा नियुक्त गरेका हुन्।

यसअघि युएनडीओएफको अक्टोबर १८ २०१९ मा बिर्गेडियर जनरल मउरीन ओ ब्रिन कार्यवहाक प्रमुखमा नियुक्त भएकी थिइन्। त्यस अघि यस स्थानमा नेपालकै मेजर जनरल शिवराम खरेलले जुनदेखि अक्टोबर २०१९ मा कार्यबहाक फोर्स कमाण्डरको रुपमा जिम्मेवारी सम्हालेका थिए।

हमाल १९८३ मा नेपाली सेनामा आर्टिलरी अफिसरको रुपमा प्रवेश गरेका थिए। उनले नेपाली सेनामा इनफान्ट्री ब्रिगेड कमाण्डर, आर्मी मुख्यालयमा मिलिटर अप्रेशन एण्ड मिलिटरी सेक्रेटरीको रुपमा काम गरेका थिए।

त्यस्तै मध्यपश्चिम डिभिजनका कमाण्डर तथा नेपाल आर्मीको कमाण्ड एण्ड स्टाफ कलेजका प्रमुखको रुपमा काम गरिसकेका छन्।

उनले २००६ देखि २००७ सम्म राष्ट्र संघको शान्ति सेना अन्तर्गत मलिटरी अब्जर्भरको रुपमा राष्ट्र संघको कोटे दी आभरीमा काम गरेका थिए। त्यस्तै नेपाली सेनाको सदस्यको रुपमा सन १९९३ देखि १९९४ सम्म युएन प्रोटेक्सन फोर्समा काम गरेका थिए। त्यस्तै २००२ मा राष्ट्र संघको इन्टरिम फोर्स लेवनानको बटालियन चिफ अपरेसन अफिसर र १९९० देखि ९१ मा प्लाटुन कमाण्डरको रुपमा काम गरेका थिए।

त्रिविबाट जनप्रशासनमा स्नातकोत्तर र अमेरिकी आर्मी वार कलेजबाट स्टाटेजिक स्टडिजमा स्नातकोत्तर गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell