PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

यतीलाई नेपाल ट्रष्टको जग्गा लिज दिएको प्रकरणमा देउवाको प्रष्टोक्ति : सुनियोजित भ्रम



पहिलोपोस्ट

यतीलाई नेपाल ट्रष्टको जग्गा लिज दिएको प्रकरणमा देउवाको प्रष्टोक्ति : सुनियोजित भ्रम

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गाको लिज प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका छन्।

आज प्रेस विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, 'म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन।'

उनले आफ्नो सहभागिताविना भएको कुनै पनि निर्णयमा नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर आपत्ति प्रकट गरेका छन्।

देउवाले २०६४ सालमा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा परिभाषित गरेको उल्लेख गर्दै त्यसको बोर्डले गर्ने या गरिएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा आफूलाई गाँस्नु राजनीतिक र कानूनी दृष्टिले समेत गलत रहेको जिकिर गरेका छन्।

'यो प्रकरणलाई मैले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको छु,' देउवाले भनेका छन्, 'अतः कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दवावलाई निरन्तरता दिन म सबैमा हार्दिक अपिल गर्दछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell