PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बाबुरामलाई साथ दिँदै कमल थापाले भने : प्रधानमन्त्रीज्यू, नेताहरुको सम्पत्ति छानविन गर्ने हिम्मत गर्नुस्



पहिलोपोस्ट

बाबुरामलाई साथ दिँदै कमल थापाले भने : प्रधानमन्त्रीज्यू, नेताहरुको सम्पत्ति छानविन गर्ने हिम्मत गर्नुस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले २०४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानविनको माग दोहोर्याएका छन्।

समाजवादी पार्टीका अध्यक्ष एव‌ं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा बैठकमै आफू लगायत सबै नेताको सम्पत्ति छानविन गर्नुपर्ने प्रस्तावमा समर्थन जनाउँदै थापाले भ्रष्टाचार नियन्त्रण र सुशासनको लागि ४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानविन गरिनुपर्ने माग गरेका हुन्। थापाले सम्पत्ति छानविन गर्ने हिम्मत गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गरेका छन्।

थापाले बिहीबार विहानै ट्वीटरमा लेखेका छन्: 'देर आए दुरुस्त आए! सहपाठी मित्र बाबुराम भट्टराईको प्रमहरुको सम्पत्ति छानबिन गर्ने प्रस्तावमा पूर्ण समर्थन। भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति ४७सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानविन गरियोस् भन्ने माग राप्रपाले १० बर्षदेखि उठाउंदै आएको विदितै छ। हिम्मत गर्नोस केपीशर्मा ओली।'

पूर्वप्रधानमन्त्री भट्टराईले बुधबार संसद बैठकमा समय लिएर आफू लगायत सबैको सम्पत्ति छानविन गर्न माग गरेका थिए। ‘हिजो हामी त साथीहरूले दिएको जडौडी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेट बुटेट भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं?’ उनले प्रश्न गरेका थिए।

गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो भन्नेबारे सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख गरेका भट्टराईले भनेका थिए, ‘कसरी हाम्रा महल छन्? प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा त्योभन्दा राम्रो घर गोरखामा मेरो छ, गाउँमा बुकुरो भएका हामी प्रधानमन्त्रीहरू काठमाडौंमा महल बनाउने कसरी पुग्यौं? लाख प्रयत्न गर्दा पनि हाम्रो दृष्य कमाइले काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन। यसको छानबिन गरौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell