PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

पुस्तकमाथिको करमा प्रधानमन्त्रीलाई गगनको प्रश्न : नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो?



पहिलोपोस्ट

पुस्तकमाथिको करमा प्रधानमन्त्रीलाई गगनको प्रश्न : नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो?

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पुस्तकमाथिको कर हटाउन सरकारसँग माग गरेका छन्।

माइतिघर मण्डलामा पुस्तकमाथिको करविरुद्ध आयोजित विरोधसभामा सहभागी भएका नेता थापाले बिहीबार विहान ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै पुस्तकमाथिको कर पठन संस्कृति र पढ्न पाउने अधिकारसंग जोडिएकाले कर हटाउनुपर्ने माग गरेका हुन्।

उनले नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो भनी प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन्। 'यसो हो भने एक नेपालीले एक बर्षमा कति पुस्तक पढ्न पाउने हो त्यो पनि बताइदिनोस्', उनले प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन्।

थापाले पढ्न नियन्त्रण गर्ने सरकारको प्रयासविरुद्ध सदन र सडकबाट आफूहरुको खबरदारी निरन्तर रहने जानकारी समेत गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell