PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

कोरोना प्रकोप : जापानमा पानी जहाजभित्र क्वारेन्टाइनमा रहेका एक नेपालीलाई भारतले गर्‍यो उद्धार



पहिलोपोस्ट

कोरोना प्रकोप : जापानमा पानी जहाजभित्र क्वारेन्टाइनमा रहेका एक नेपालीलाई भारतले गर्‍यो उद्धार
फाेटाे : MEAIndia

काठमाडौं : कोरोनाको आशंकामा जापानको योकोहामा पोर्टमा डाइमण्ड प्रिन्सेस नामक पानी जहाजभित्र क्वारेन्टाइनमा रहेका एक नेपालीलाई भारतले नयाँ दिल्ली ल्याएको छ।

क्वारेन्टाइनमा राखिएको पानी जहाजमा रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इण्डियाको जहाजले ११९ जना भारतीय र ५ विदेशी नागरिकलाई समेत उद्धार गरि बिहीवार बिहान विशेष उडानमार्फत दिल्ली ल्याएको हो। भारतीय विदेश मन्त्रालयका अनुसार जहाजमा रहेका विदेशीमा श्रीलंका, नेपाल, साउथ अफ्रिका र पेरुका नागरिक छन्। उनीहरुको परिचय भने खुलाइएको छैन।

भारतीय जहाजले टोकियोको हेनडा विमानस्थलबाट उनीहरुलाई दिल्ली ल्याएको हो। उनीहरुलाई हरियाणास्थित मनेसर आर्मी क्वारेन्टाइनमा राखिने भारतीय विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्।

उक्त डाइमण्ड प्रिन्सेस पानी जहाजभित्र ७ सय भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ। जहाजभित्र ३ हजार ७ सय जना सवार थिए। तिमध्ये अधिकांश फर्किरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell