PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यती समूहका आङछिरिङ शेर्पाका छोरा नवाङको आज बयान, लागू औषधसहित थिए समातिएका



पहिलोपोस्ट

यती समूहका आङछिरिङ शेर्पाका छोरा नवाङको आज बयान, लागू औषधसहित थिए समातिएका

काठमाडौं : लागू औषधसहित समातिएका आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पालाई बयानको लागि प्रहरीले अदालतमा उपस्थित गराएको छ। विमान दुर्घटनामा दिवंगत यती समूहका व्यवसायी आङछिरिङका छोरा नवाङ लागू औषधसहित पक्राउ परेका हुन्।

शेर्पाको बुधवार समय अभावका कारण बयान हुन सकेन। गत माघ १८ गते खैरो हिरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसमा उनी पनि परेका थिए। स्वयम्भू क्षेत्रबाट शेर्पालाई नियन्त्रणमा लिएको महानगरीय वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

'हामीले अनुसन्धान सक्काएर अदालतमा बुझाएका छौं। अदालती प्रकृया जारी नै छ,' डिएसपी सुवेदीले भने।

गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट सपना रायमाझी, राजन श्रेष्ठ लगायतलाई प्रहरीले नियन्त्रणा लिएको थियो। प्रहरीले उनीहरुको साथबाट एक सय ग्राम खैरो हेरोइन फेला पारेको थियो। बुधवार अन्य तीन जनाको बयान भइसकेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आन्नदप्रसाद श्रेष्ठले जानकारी दिए।

'आज सबैको बयान सकिएला। शेर्पाको बयान लिन बाँकी छ,' श्रेष्ठले भने।

आज अदालतमा न्यायाधीश विदुर कोइरालाको इजलासमा शेर्पाको बयान हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell