PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

माले महासचिव मैनाली गाडी दुर्घटनामा परी गम्भीर घाइते, काठमाडौं ल्याउने तयारी



पहिलोपोस्ट

माले महासचिव मैनाली गाडी दुर्घटनामा परी गम्भीर घाइते, काठमाडौं ल्याउने तयारी

काठमाडौं : नेकपा मालेका महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन्।

महोत्तरीको बर्दिबासस्थित रातु पुलमा उनी चढेको बा ७ च २१२० नम्बरको कार दुर्घटनामा परेको हो। मैनालीको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ। मैनालीलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईँले जानकारी दिए।

झापाबाट परिवारसहित काठमाडौं आउँदै गरेका मैनाली चढेको कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७६६८ नम्बरको भ्यानले ठक्कर दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell