PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के हो डायमन्ड प्रिन्सेस? १० जनाबाट कसरी फैलियो ६९० भन्दा धेरैमा कोरोना?



विधुर ढकाल

के हो डायमन्ड प्रिन्सेस? १० जनाबाट कसरी फैलियो ६९० भन्दा धेरैमा कोरोना?

काठमाडौं : यतिबेला डायमन्ड प्रिन्सेसको चर्चा चलिरहेको छ। चीनमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण यसमा पनि फैलियो। १० जनाबाट सुरु भएको यो संक्रमण ६ सय ९१ जनामा पुगेको तथ्यांक विश्व स्वास्थ्य संगठनसँग छ।

यसभित्र रहेका ४ जना यात्रुले कोभिड-१९ को संक्रमणकै कारण ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएपछि यो संख्या चार पुगेको हो।

डायमन्ड प्रिन्सेसमा सवार १० जना यात्रुमा कोभिड-१९ को संक्रमण देखा परेपछि जापानको योकोहामा पोर्टमा डाइमण्ड प्रिन्सेस नामक पानीजहाजभित्र क्वारेन्टाइनमा रहेका एक नेपालीलाई भारतले नयाँ दिल्ली ल्याएको छ।

गत फेब्रुअरी ४ मा डायमन्ड प्रिन्सेसभित्र रहेका १० जनामा कोभिड-१९ को संक्रमण देखा परेको थियो।

यस क्रुसलाई दुई साताको क्वारेन्टाइनमा राख्ने निर्णयको सुरुवाती बिन्दु थियो। मंगलवार मात्र जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार डायमन्ड प्रिन्सेसमा क्वारेन्टाइनमा राखिएका ६ सय ९१ जनामा कोभिड-१९ को संक्रमणको पुष्टि भएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले डायमन्ड प्रिन्सेसमा क्वारेन्टाइनमा बसेका ४२ अमेरिकीमा कोभिड-१९ को संक्रमणको पुष्टि भएको बुधवार जनाएको छ।

'क्वारेन्टाइनको औचित्य पुष्टि भएन्। यसले व्यक्तिको अधिकारको हनन् गरेको छ। त्यतिमात्र होइन, एकपछि अर्को गर्दै नागरिकलाई संक्रमण दिएको छ,' जोन हकिन्स सेन्टर फर हेल्थ सेक्युरिटीका चिकित्सक अमेश अदाल्जाले बिजनेस इन्साइडरलाई बताएका छन्।

यात्रुलाई कुवारेनाइनमा राख्ने निर्णयमा गल्ती भएको बताएका छन्। 'यात्रु तथा क्रु मेम्बरहरुलाई जहाजमै राख्ने निर्णय गलत थियो। यहाँको कमजोर सरसफाइ र अभ्यासले भाइरस फैलिन थप मद्दत गर्‍यो,' उनले भनेका छन्।

फेब्रुअरी १ मा एक व्यक्तिमा संक्रमण देखा परेको थियो जसले ६ दिन अगाडि नै जहाज छाडिसकेका थिए। त्यसको तीन दिन पछि क्रुस जापानको योहोहामा पोर्टमा पुगेको थियो। हङकङका ती नागरिक जापानबाट जहाजमा चडेका थिए। र, त्यसको पाँच दिनपछि उनी आफ्नो घर पुगे। जब डायमन्ड प्रिन्सेस योकोहोमा पोर्टमा पुगेको थियो त्यतिबेला जहाजमा तीन हजार ७ सय ११ जना थिए।

हङकङमा डायमन्ड प्रिन्सेसबाट उत्रिएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि जहाजलाई लक डाउन गर्न जापानलाई ७२ घण्टा भन्दा बढी समय लाग्यो।

त्यही बिहान १० जनामा पोजेटिभ देखिसकेको थियो कोरोना। त्यसपछि जापानले क्रुस लाई नै १४ दिनको क्वारेन्टाइनमा राख्ने निर्णय गर्‍यो। क्रुसमा पोजेटिभ देखिएकाहरुलाई जापानले अस्पतालमा पुर्‍याएर उपचार गर्ने व्यवस्था गर्‍यो। तर, दिन प्रतिदिन कोभिड-१९को संक्रमण फैलिँदै गयो। यसको परीक्षणका लागि एक दिन भन्दा बढी लाग्यो। यात्रुहरुलाई उनीहरुको परीक्षणको नतिजा दिनसमेत ढिलाइ गरियो।

फेब्रुअरी ११ मा क्रु मेम्बरले यात्रुहरुलाई सुरक्षित हुने उपायसँगै मेडिटेसन गर्न सुझाव दिए। प्यासेन्जरहरु बालकोनी र झ्यालसमेत नभएका बन्द कोठमा थुनिए।

जहाजको अपरेटर प्रिन्सेस क्रुसले मनोरन्जनको व्यवस्था भएको गरिदियो। क्रुसमा रहेका यात्रुको संख्याका कारण जहाजलाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गर्नु उपर्युक्त नभएको विज्ञहरुले आलोचना गरिरहे।

'उनीहरुलाई भाइरसयुक्त कन्टेनरमा बन्दी बनाइयो। मलाई के लागिरहेको छ भने क्वारेन्टाइनले जन संक्रमण फैलाइरहेको छ,' टोरन्टो युनिभर्सिटीका इपिडिमियोलोजी विभागका प्राध्यापक डेभिड फिसमानले भने।

क्वारेन्टाइनमा राखिएकाहरुले साझा वाथरुमको प्रयोग गरेका थिए। त्यस्तै साझा बफेट। क्रुसमा रहेका क्रु मेम्बरहरु चार जनाले एउटा कोठा प्रयोग गरेका थिए। उनीहरुले बफेटमा एक साथ खाना खाए। यसरी क्वारेन्टाइनमा राखिए पनि एकपछि अर्को गर्दै संक्रमण फैलियो।

क्वारेन्टाइनमा राखिएको पानी जहाजमा रहेका १ सय २४ जना लाई एयर इन्डियाले उद्दार गरी भारत पुर्‍याएको छ। जसमध्ये १ सय १९ जना भारतीय र ५ विदेशी नागरिक छन्। विदेशीमध्ये एक जना नेपाली पनि रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

के हो डायमन्ड प्रिन्सेस?

बेलायती क्रुस सिप कम्पनी प्रिन्सेस क्रुसले सञ्चालन गर्ने पानी जहाज हो, डायमन्ड प्रिन्सेस। यसले २००४ मार्चदेखि सेवा सञ्चालन थालेको हो। यो जहाज उत्तरी ध्रुवमा गर्मीयाम हुँदा एसिया र दक्षिणी ध्रुवमा गर्मी हुँदा अष्ट्रेलिया आसपासमा हुन्छ। यो ग्रान्ड क्लास सिप हो जसलाई जेम क्लास सिप पनि भनिन्छ।

डायमन्ड प्रिन्सेस र उसको भगिनी जहाज साप्फिरे प्रिन्सेस यही क्लासका सबैभन्दा बढी चाक्ला जहाज हुन्। यी जहाज ३७.५ मिटर चौडा छन्। यही क्लासका अन्य जहाज ३६ मिटर चौडाका हुन्छन्। यी दुवै जहाज जापानको नागासाकीमा मित्सुविसी हेवी इन्डस्ट्रीले बनाएको हो।

फेब्रुअरी ३, २०२० मा जापान सरकारले ३ हजार ७११ यात्रु तथा क्रु मेम्बरसहितको यी जहाजलाई क्वारेन्टाइनमा राखिदियो। फेब्रुअरी २४ सम्म यस जहाजमा क्वारेन्टाइनमा रहेका ६ सय ९१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भयो।

२०१८ सम्म अष्ट्रेलिया र न्युजिल्याण्डबीचको समुद्रमा यात्रा गरेको यसले सन् २०१८ मा आफ्नो क्रुसिङ पोजिसन परिवर्तन गरी एसियातिर आएको हो। जापान, दक्षिण कोरिया, भियतनाम, थाइल्याण्ड, मलेसियाका समुन्द्री किनाराहरुमा यसले उपस्थिति जनाउँदै थियो। २०२१ को सुरुवात सम्म यसले दक्षिण पूर्वी एसियाका समुद्रिक क्षेत्र मुख्यगरी जापानी समुद्रमा यात्रा तय गर्ने बताइएको छ।

यद्यपि, क्वारेन्टाइनमा रहेको यो जहाजले अप्रिलपछि मात्र पुन: यात्रा सुरु गर्ने बताइएको छ।

२०१६ मा नोरो भाइरसको संक्रमणको सिकार

यस क्रुस २०१६ मा पनि महामारीको सिकारमा परेको थियो। त्यतिबेला ग्याट्रोइन्टरटिसको संक्रमण क्रुसमा फैलिएको थियो। नोरो भाइरसका कारण हुने यो संक्रमणबाट १ सय ५८ जना संक्रमित भएका थिए।

दक्षिण पूर्वी सिड्नीको स्वाथ्य केन्द्रमा गरिएको परीक्षणमा ४ हजार यात्रुमध्ये १ सय ५८ जनामा यसको संक्रमण फैलिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell