PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ललितपुरमा सांगीतिक प्रस्‍तुतिसहित ट्याटू कन्भेन्सन हुँदै



पहिलोपोस्ट

ललितपुरमा सांगीतिक प्रस्‍तुतिसहित ट्याटू कन्भेन्सन हुँदै

काठमाडौं : ललितपुरमा ट्याटू कन्भेन्सन हुँदैछ। रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त आयोजनामा 'ललितपुरमा ट्याटू कन्भेन्सन २०२०' हुन लागेको हो।

उक्त ट्याटू महोत्सवमा ललितपुरका ३० ट्याटू कलाकारहरुले सहभागिता जनाउँदै छन्। प्रत्यक्ष  ट्याटू खोप्ने एवं ट्याटूका डिजाइनहरु प्रदर्शनमा राखिने, कलाकारहरुबीच अन्तर्क्रिया लगायत कार्यक्रम तय भएको आयोजकले जनाएको छ। त्यस्तै सबिन राई र फारो, नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेट, यामान र ‘दि मेमोरिया’ लगायतले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्।

नेवार, तामाङ, थारू लगायत समुदायमा परम्परागत् एवं सांस्कृतिक महत्व बोक्ने 'ट्याटू' युवा माँझ फेसनको रुपमा चर्चित छ। ट्याटू प्रेमी युवा वर्ग लक्षित ट्याटू मेला यही फागुन २३ र २४ गते नाखिपोटस्थित बास्केट बल कोर्टमा हुन लागेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell