PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

१० लाख लिएर हुन्डी कारोबारीलाई छाडेको अभियोगमा असईसहित ३ प्रहरी पक्राउ



राधेश्याम पटेल

१० लाख लिएर हुन्डी कारोबारीलाई छाडेको अभियोगमा असईसहित ३ प्रहरी पक्राउ

वीरगंज : एक जना हुन्डी कारोबारीलाई १० लाख लिएर छाडेको अभियोगमा पर्सा प्रहरीका एक असईसहित तीन जना पक्राउ परेका छन्। जसमाअसईसहित एक हवलदार र एक जना प्रहरी जवान पनि छन्।

घटना बारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान शुरु गरी तिनै जनालाई बुधवार नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा वीरगंज-१६ ईनार्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक पूर्णे तामाङ, सोही थानाका हवल्दार विष्णु चौधरी र जवान राजकुमार गुरुङ रहेका छन्।

पक्राउ परेका ३ जनालाई थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। उनीहरुको साथबाट छानबिनको क्रममा बरामद गरिएको ६ लाख ३५ हजार नगद पनि अख्तियारमा पठाइएको उनले बताइन्।

ईनार्वा प्रहरी चौकीका जवान अवधेश यादवलाई १ लाख २५ हजार इन्चार्ज तमांगले दिएपछि यादवले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा जाहेर गरेका थिए। त्यसपछि उनलाई घटनाको प्रतिवेदक राखी अनुसन्धान शुरु गरिएको थियो।

प्रहरीले पक्राउ परेका असईको डेराबाट ४ लाख, हवल्दार चौधरी सुत्ने प्रहरी चौकीको ब्यारेकबाट १ लाख १० हजार र प्रतिवेदक (जाहेरकर्ता)बाट १ लाख २५ हजार गरी कुल ६ लाख ३५ हजार बरामद गरेको छ। गत फागुन ७ गते भारत, रक्सौलका हुन्डी कारोबारी फुल हसनका एक भरियालाई २० लाख रुपैयाँ शरीरमा बेरेरे साइकलबाट वीरगंज प्रवेश गरिरहेको अवस्थामा ईनार्वा प्रहरी चौकीका प्रसनि तमाङको टोलीले पक्राउ गरेको थियो। तर, १० लाख लिएर १० लाखसहित भरियालाई छोडिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell