PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना स्वीकृत, यस्ता छन् सरकारका निर्णयहरु



पहिलोपोस्ट

उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना स्वीकृत, यस्ता छन् सरकारका निर्णयहरु
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी गराउँदै मन्त्री डा युवराज खतिवडा । फोटो : रासस।

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

त्यस्तै सरकारले नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सुगा भवानीपट्टी-८, महोत्तरी निवासी संजीव कुमार पाण्डेयलाई ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने निर्णय गरेको उनले बताए।

यसैगरी, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जनालाई मनोनयन गरिएको छ। जसमा डा. सुनन्दा सुन्दास, डा. रक्षा श्रेष्ठ, डा. विनय कुमार ठाकुर, डा. कैलास कुमार भण्डारी, रामप्रसाद न्यौपाने र निशा अधिकारी रहेका छन्।

२०७६ साल फागुन ५ गते सोमवारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु :

१.    सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशान्त क्षेत्र समूह (एपिजी) बाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारी सम्बन्धी अवधारणापत्र स्वीकृत गर्ने।

२.    हेजिङ सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ मा स्वीकृति प्रदान गर्ने।

३.    वीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको जिल्ला पर्सा,वीरगंज महानगरपालिका वडा नम्बर १४ स्थित कि.नं. ११३१ को १०-६-४ बिघा जग्गामध्ये ६ बिघा जग्गा बिक्री गर्न स्वीकृति दिने।

४.    नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा देहायका व्यक्तिहरुलाई दुई वर्षको लागि मनोनयन गर्ने।
१. डा. स्वयम प्रकाश श्रेष्ठ,
२. डा. युगनाथ घिमिरे, 
३. डा. विनायक प्रसाद राजभण्डारी, 
४. गोविन्द केसी, घोराही उपमहानगरपालिका-१५ दाङ
५. कृष्ण प्रसाद पौडेल, सैंवु-२ ललितपुर, 
६. चुन्नप्रसाद शर्मा, बुटवल, रुपन्देही,
७. यमुना घले, भरतपुर-१९ चितवन।

५.    २०७६/११/०६ गतेसम्ममा तोकिएको कैदमा कम्तीमा ५० प्रतिशत तथा ७५ वर्ष भन्दा माथिका ज्येष्ठ कैदीको हकमा कैद भुक्तान गरी असल चाल चलन भएका र नकारात्मक सूचीको मुद्दा बाहेकका कैद छोट्याउन योग्य देखिएका जम्मा ३२९ जना कैदीहरुको बाँकी कैद कट्टा/माफी मिनाहा गर्न नेपालको संविधानको धारा २७६ बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिश गर्ने।

६.    सेती नदि पोखरा मनपा ३ र ११ जोड्ने पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्ग मीटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति प्रदान गर्ने।

७.    २०७६ फाल्गुण २६ देखि चैत्र ७सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग (सिएसडब्लू)को ६४ औं सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागिताका लागि स्वीकृति दिने।

८.    नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने।

९.    बहु प्राविधिक महाविद्यालय निर्माण र सञ्चालनार्थ सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगागढी चोक गढी नगरपालिका-५ स्थित आहालडाँडा सामुदायिक बन क्षेत्रसहित राष्ट्रिय बन क्षेत्रको कूल ०.८९७० हेक्टर राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख/पोल विरुवाहरु हटाउन समेत स्वीकृति दिने।

१०.    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि)(दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने।

११.    २०७७ सालमा दिइने सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरी स्वीकृत गर्ने।

२०७६ साल फागुन १२ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

१. पूर्वाधार विकास करको दर परिमार्जन गर्ने।

२. मिति २०७६ फागुन २०-२१ मा बंगलादेशको ढाकामा हुने नेपाल-बंगलादेश वाणिज्य सचिव स्तरीय उच्च संयन्त्रको पाँचौ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने। 

३. देहायका व्यक्तिहरुलाई नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त गर्नेः-
 (क) शोभा बुढाथोकी, काठमाडौं-१४, काठमाडौं।
 (ख) उद्धबचन्द्र घिमिरे, विराटनगर-४, मोरङ।
 (ग) नारायण नेपाल, काठमाडौं-१६, काठमाडौं।

४. राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को सदस्यमा देहायका व्यक्तिलाई मनोनयन गर्नेः-
 (क) रमा श्रेष्ठ, ललितपुर, महिलासदस्य
 (ख) हरिन्द्र राई, खोटाङ, जनजाती सदस्य
 (ग) भोजमान लाम्गादे, इलाम, दलित सदस्य

५. नेपाल-भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने।

६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका सदस्य जगत देउजाले सदस्य पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने।

७. संखुवासभा जिल्लामा जग्गा पुनः नाप जाँच गर्नको लागि स्वीकृति दिने।

८. समस्या ग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा देहाय बमोजिमका व्यक्तिहरुलाई नियुक्ति तथा मनोनयन गर्नेः
 (क) कुमार प्रसाद पोखरेल (पूर्वमुख्य न्यायाधीश, उच्च अदालत, दिपायल)-अध्यक्ष
 (ग) टिका बुढाथोकी, राष्ट्रिय सहकारी महासंघले तोकेको प्रतिनिधि-सदस्य, 
 (घ) ममतादेवी शर्मा, उपाध्याय, सहकारी क्षेत्रको विज्ञ-सदस्य
(ङ) सरस्वतीदेवी भट्टराई, सहकारी क्षेत्रको विज्ञ-सदस्य
 (च) नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत-सदस्य-सचिव

९. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका सदस्य पदमा महेन्द्र कुमार थापा क्षेत्री (ललितपुर -१८ भैसेँपाटी)लाई नियुक्त गर्न स्वीकृत दिने।

१०. ख्वप कलेज अफ इन्जिनियरिङ, लिवाली, भक्तपुरलाई बिई कम्प्युटर- ४८ जनासहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने।

११. बालबालिका सम्बन्धी नियमावली जारी भई अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६ को नियम ४३ मा उल्लिखित प्रोवेसन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकार बमोजिमको कार्य गर्ने गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७९ (२) बमोजिम सबै जिल्ला अदालतहरुमा कार्यरत रहेका राजपत्रांकित अधिकृतस्तरको तह सिलदारलाई नेपाल सरकारलाई थप आर्थिक व्यय भार नपर्ने गरी प्रोवेसन अधिकारी तोक्ने र राजपत्रांकित अधिकृतस्तरको तह सिलदार नभएको स्थानमा अदालतको श्रेस्तेदारलाई नेपाल सरकारलाई थप आर्थिक व्यय भार नपर्ने गरी प्रोवेसन अधिकारी तोक्ने।

१२. खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को पहिलो संशोधन स्वीकृत गर्ने।

१३. मौलाकाली केवलकार आयोजनाको रो एलाइन्मेन्ट (१०−१० मीटर रो एलाइन्मेन्टसहित केही टावर संरचनाहरु रहने गरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्ता पूर्व नवलपुर) को गैँडाकोट नगरपालिका-१ मा पर्ने मौलाकाली सामुदायिक बन/मौलाकाली धार्मिक बनसमेतको गरी कूल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१४. सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१ स्थित राष्ट्रिय बन क्षेत्रको थप कूल २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१५. देहायका स्थानीय तहलाई देहाय बमोजिम जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने-
१. मिक्लाजुङ गाउँपालिका, पाँचथरको साविक आरुबोटे गाविस वडा न. ५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापनाको लागि।
२. पालुङटार नरगपालिका, गोर्खाको साविक च्याङली गाविस वडा न. ५ को १ रोपनी जग्गा प्रहरी चौकी भवन निर्माण, साविक खोप्लाङ गाविस वडा न. ८ को ३-१-०-० रोपनी पर्यटकिय पूर्वाधार निर्माण गर्न, साविक पालुङटार गाविस वडा न. ७ को ०-५-२-० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आपपिपल गाविस वडा न. ४ को १६-८-०-३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि।
३. नराहा गाउँपालिका, सिराहाको गाउँपालिका को वडा न. ५ को ०–८–० बिघा जग्गा प्रशासकीय भवन निर्माण, साविक बर्छवा गाविस वडा न. ६ को ०-३-१ बिघा दिना भद्री प्राविको भवन निर्माण र वडा न. ८ को ०-५-९ बिघा जवउ माविको भवन निर्माणको लागि।
४. देवताल गाउँपालिका, बाराको साविक रौवाही गाविस वडा न. ७ को ३-१२-१० बिघा बहुउद्देशिय रंगशाला निर्माण लागि।
५. गौरीगंज गाउँपालिका झापाको गाउँपालिकाको वडा न २ को ३-०-० बिघा ल्याण्डफिल साइट निर्माणका लागि।
६. धार्चे गाउँपालिका गोरखा को गाउँपालिका को वडा न. ५ को ४-२-०-० रोपनी गाउँ पालिकाको प्रशासकीय भवन निर्माण लागि।
७. गलकोट नगरपालिका, बाग्लुङको साविक मल्म गाविस ३ को २-७-०-२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि।
८. राजपुर नगरपालिका, रौतहट वाट साविक राजपुर गाविस वडा न. ३ को ०-१०-० बिघा नगरपालिकाको प्रशासकिय भवन निर्माण र वडा न. ५ को ०-५-० बिघा स्वास्थ्य चौकी भवन निर्माणको लागि।

१६. नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर ३, कपिलवस्तु निवासी पुष्पराज खनाललाई नियुक्ति गर्ने।

१७. देहायका पदाधिकारीहरूलाई वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्य पदमा मनोनयन गर्ने-
१. डा. सुनन्दा सुन्दास, भोजपुर ५, भोजपुर-सदस्य
२. डा. रक्षा श्रेष्ठ, धरान-९, सुनसरी।
३. डा. विनय कुमार ठाकुर, जनकपुर-३, धनुषा।
४. डा. कैलास कुमार भण्डारी, इटहरी-८, सुनसरी।
५. रामप्रसाद न्यौपाने, कल्याणपुर-९, चितवन।
६. निशा अधिकारी, फुलवारी-३, चितवन।

१८. नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सुगा भवानीपट्टी-८, महोत्तरी निवासी संजीव कुमार पाण्डेयलाई ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने।

१९. स्टाण्डर्ड नाप र तौल (मोहर बन्द प्याकेज) नियमावली, २०७६ स्वीकृत गर्ने।

२०. संस्था दर्ता (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने।

२१. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गर्ने।

२२. काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell