PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रियंका र आयुष्मानको आज कोर्ट म्यारिज, भोलि मण्डपमा विवाह



पहिलोपोस्ट

प्रियंका र आयुष्मानको आज कोर्ट म्यारिज, भोलि मण्डपमा विवाह

काठमाडौं : अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशी विवाह बन्धनमा बाधिएका छन्। आज प्रियंकाको जन्मदिन पारेर उनीहरुले ललितपुर जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका हुन्। भोलि भने घरपरिवारबीच उनीहरुले मण्डपमा हिन्दु परम्परा अनुसार विवाह गर्ने कार्यक्रम रहेको छ।

प्रियंकाले आफ्नो विवाहको तस्विर इन्स्टाग्राममा शेयर गर्दै आजबाट आफूहरु आधिकारिक रुपमा 'मिस्टर' एण्ड 'मिसेज' भएको उल्लेख गरेकी छिन्।

प्रियंका र आयुषमानले इन्गेजमेन्ट गरेको दुई वर्षपछि विवाह गरेका हुन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell