PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री ओलीले भने : केही दिनमा मृगौला प्रत्यारोपण गर्दैछु, पाँच दिनपछि काममा फर्किन्छु



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले भने : केही दिनमा मृगौला प्रत्यारोपण गर्दैछु, पाँच दिनपछि काममा फर्किन्छु
फोटो : रासस।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही दिनमा मृगौला प्रत्यारोपण गर्न लागेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वाग्मती प्रदेशको विशेष भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रत्यारोपणको लागि पाँच दिन अस्पतालमा रहने उनले बताए। बिरामी हुँदा पनि काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपणपछि १०/१५ वर्ष केही नहुने समेत बताए।

‘केही दिनभित्र किड्नी ट्रान्सप्लान्ट गर्दैछु, ५ दिन हस्पिटल बस्छु। छैटौँ दिन घर फर्किएर काम गर्न थाल्छु’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि १०/१५ वर्ष केहि हुन्न। बिरामी हुँदा पनि १८ घण्टा काम गरिरहेको छु। बिरामी हुँदा पनि काम गर्ने बानी भइसक्यो। जिन्दगी यस्तै हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell