PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

आङछिरिङ शेर्पाका छोरा नवाङलाई अदालतले पठायो थुनामा, ड्रग्स सहित थिए समातिएका



पहिलोपोस्ट

आङछिरिङ शेर्पाका छोरा नवाङलाई अदालतले पठायो थुनामा, ड्रग्स सहित थिए समातिएका

काठमाडौं : लागू औषधसहित समातिएका आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा सहित चार जनालाई अदालतले थुनामा पठाएको छ।

बिहीवार बयानपछि न्यायाधीश विदुर कोइरालाको इजलाशले उनीहरुलाई थुनामा पठाउने निर्णय सुनाएको हो। विमान दुर्घटनामा दिवंगत यती समूहका व्यवसायी आङछिरिङका छोरा नवाङ लागू औषधसहित पक्राउ परेका हुन्।

गत माघ १८ गते खैरो हिरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसमा उनी पनि परेका थिए।

गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट सपना रायमाझी, राजन श्रेष्ठ लगायतलाई प्रहरीले नियन्त्रणा लिएको थियो। प्रहरीले उनीहरुको साथबाट एक सय ग्राम खैरो हेरोइन फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell