PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘टेप’ र ‘केक’ प्रकरणमा विरोधीलाई प्रधानमन्त्रीको प्रश्न, ‘नाकाबन्दीमा चुक्क नबोल्नेहरु केकमा राष्ट्रवाद देखाउने?’



कुञ्जरमणि भट्टराई

‘टेप’ र ‘केक’ प्रकरणमा विरोधीलाई प्रधानमन्त्रीको प्रश्न, ‘नाकाबन्दीमा चुक्क नबोल्नेहरु केकमा राष्ट्रवाद देखाउने?’
नेकपा वाग्मती प्रदेश कमिटीद्वारा आयोजित पार्टी एकता सृदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। फोटो : रासस।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणमा स्पष्टिकरण दिँदै त्यो अनाधिकृत भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वाग्मती प्रदेशको विशेष भेलामा प्रधानमन्त्री ओलीले आफूमाथि प्रश्न उठेपछि बाँस्कोटाले राजीनामा दिएको बताए। बाँस्कोटाले टेपमा भएको आवाज आफ्नो नभएको बताएको भन्दै उनले यसबारे छानबिन हुने बताए।

उनले भने, ‘अनाधिकृत ढंगले टेप बन्यो। मेरा बारेमा प्रश्न उठ्यो भनेर उहाँले राजीनामा दिनुभयो। उहाँले मेरो आवाज होइन म न्याय खोज्छु भन्नुभएको छ, न्याय खोज्नुहोला। अनधिकृत मान्छेले रेकर्ड भनेर बजाउँछ भने के हो त्यो। कसका लागि प्रतिनिधित्व गयो।’

आफूमाथि पनि भ्रष्टाचारको उजुरी परेको भन्दै प्रधानमन्त्री ओलीले त्यो पत्रु र भ्रष्ट उजुरी भएको बताए।

‘भष्ट्राचार भएझैँ गरी कस्सिनुपर्ने केही छैन। मुद्दा चलेको पनि छैन। मेरो नाममा पनि उजुरी परेको भन्ने सुनेको छु, त्यो पत्रु र भष्ट उजुरी हो,’ प्रधानमन्त्री ओलीले भने।

नेपालको नक्सा राखेर केक काटिएको विषयमा ओलीले नाकाबन्दीको बेला आफैँले खान नपाउँदा पनि चुक्क नबोल्ने कांग्रेसले केक राष्ट्रवाद देखाएको बताए। आफू जन्मथलो पुग्दा त्यहाँका स्थानीय बाजागाजा बजाएर नाचेको भन्दै उनले काठमाडौंमा पत्रकार धुरुधुरु रोएको बताए।

‘भारतले नाकाबन्दी गरेर ग्यास नआउँदा नबोल्ने कांग्रेसले केकमा राष्ट्रवाद खोज्ने?’ प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री जन्मथलो पुग्दा बाजागाजा बजाए, नाचे तर पत्रकार धुरुधुरु रोए। मान्छे खुसी भएर कसैले केक ल्याए, कसैले खाए, बिजुली पानी गएकोमा खुसी मनाए। काठमाडौंमा रुवाबासी चल्यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell