PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चामुण्डा माविलाई



पहिलोपोस्ट

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चामुण्डा माविलाई

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ।

प्रतियोगितामा इस्टपोल स्कुल दोस्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो। विजयी खेलाडीहरुलाई बिहीवार प्रतिनिधिसभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरे।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल लगायतको उपस्थिति थियो। प्रतियोगितामा खेलाडीबीच भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टसमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा नगरपालिकाभित्र रहेका ४२ वटा विद्यालयका खेलाडीहरु सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell