PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रहरी एआइजीका लागि तीन डिआइजीको नाम सिफारिस, थापा क्षेत्री र पाल बढुवाको सूचीमा

प्रहरी एआइजीका लागि तीन डिआइजीको नाम सिफारिस, थापा क्षेत्री र पाल बढुवाको सूचीमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : गृह मन्त्रालयको बढुवा समितिले तीन रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दीका लागि तीन प्रहरी नायव महारीक्षक (डीआइजी) को नाम सिफारिस गरेको छ।

आज गृह मन्त्रालयमा बसेको बैठकले डिआइजी तारिणी प्रसाद लम्साल, डिआइजी शैलेश थापा क्षेत्री र डिआइजी हरिबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो। डिआइजी लम्साल सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। त्यसै डिआइजी थापा नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्। डिआइजी पाल भने नेपाल प्रहरीको विषेश व्यूरोमा छन्।

लम्साल भने आइजी ठाकुर ज्ञवालीका ब्याची हुन्। ३० वर्षे सेवा अवधि कायम रहिरहे उनीहरु असार २१ गतेबाट अवकाश पाउनेछन्। बाँकी दुई जना भने उनीपछिका व्याची हुन्।

डिआइजी पाल र क्षेत्री भने २०४९ वैसाख १९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell