PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

टेलिकमको टावर ढल्दा तीन जना घाइते



रासस

टेलिकमको टावर ढल्दा तीन जना घाइते

भजनी : कैलालीको भजनीमा नेपाल टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन्।

भजनी नगरपालिका-१ स्थित टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीनजना कामदार घाइते भएका हुन्। घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ। 

घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहेको र एकको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए।

शनिवारदेखि नै टावर खोल्ने काम शुरु गरे पनि बुधवारसम्म आधा टावर खोलिसकेको र बाँकी टावरलाई तारले सपोर्ट गरी बाँधेको अवस्थामा काम गर्ने क्रममा टावर अनियन्त्रित हुँदा ढलेको नगर प्रमुख चौधरीले बताए। टावरले च्यापेपछि डोजरले पर्खाल भत्काएर टावर हटाई घाइतेको उद्धार गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell