PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते



रासस

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

लहान : सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा आज मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

बिग्रिएर सडक किनारमा रोकिराखेको ना ३ ख ९०२४ नम्बरको ट्रकमा स ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको कल्याणपुर नगरपालिका-८ निवासी ४० वर्षीय विपया दासको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते दासलाई तत्कालै उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो ममोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। सोही दुर्घटनामा परी मोटरसाइकल चालक सिरहाकै कल्याणपुर नगरपालिका-८ निवासी २७ वर्षीय सोनिया दास घाइते भएका छन्। उनको फूलकुमारी महतो ममोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell