PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

बाबुराम भट्टराईको समर्थन गर्दै गगन थापाले भने : मन्त्रीले कसरी घर बनाएका छन् मात्र होइन, कसरी घर चलाएका छन् खोजौं



पहिलोपोस्ट

बाबुराम भट्टराईको समर्थन गर्दै गगन थापाले भने : मन्त्रीले कसरी घर बनाएका छन् मात्र होइन, कसरी घर चलाएका छन् खोजौं

काठमाडौं : समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई धारणालाई नेपाली कांग्रेसका नेता गगन थापाले साथ दिएका छन्।

डाक्टर भट्टराईले आफू लगायतका सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानविन गर्नपर्ने अभिव्यक्ति दिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्रीहरुलाई चोख्याउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि भट्टराई यस्तो अभिव्यक्ति दिएका थिए।

आज गगन थापाले ट्विट गर्दै बाबुराम भट्टराईको भनाईलाई पूर्ण समर्थन दिएका हुन्।'प्रधानमन्त्री बनेकामात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका हामी प्रत्येकको सम्पत्ति छानविन गरौं,' गगनले भनेका ट्विट गरेका छन्, 'यस्तो जिम्मेवारी लिएका/लइरहेकाले कसरी घर बनाएका छन् मात्र होइन कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरौं र नागरिकलाई थाहा दिऔं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell