PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

धारिलो हतियार प्रयोग गरी एक दम्पत्तिको हत्या



रासस

धारिलो हतियार प्रयोग गरी एक दम्पत्तिको हत्या

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उनकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको थियो। धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला परेको उनले बताए।

जयलालको घाँटीमा र धनाको टाउकोमा चोट लागेको छ। शव शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ। शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ। क्यान्सरका कारण पहिलो श्रीमतीको मृत्यु भएपछि धनादेवीसँग जयलालले दोस्रो विवाह गरेका थिए। उनीहरुको छ महिनाकी छोरी रहेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell